३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

छुट्ला है ! एक कम्पनीकाे हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

२५ साउन, काठमाडाैं । अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने आज साउन २५ गते अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद सेयर निष्कासनका लागि भोलि साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज साउन २५ गतेसम्म कायम सेयरधनीहरुले मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् ।

नेपाल धितोपत्र बोर्डले असार २२ गते कम्पनीलाई चुक्तापुँजीको १ः१ को अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद निष्कासनको स्वीकृति दिएको थियो। कम्पनीले १०० अंकित दरका कुल १० करोड ५९ लाख कित्ता हकप्रद निष्कासन गर्नेछ। कम्पनीकाे हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेकाे छ ।

हाल अपर तामाकोशीको चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ। हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्तापुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति : 09:40