रिलायबल नेपाल लाइफको आईपीओमा कति पर्यो आवेदन ? यस्ताे छ पछिल्लाे अपडेट
२४ साउन, काठमाडाैं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा २ अर्ब ३८ करोड ४३ लाख ६३ हजार ७६० रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार कम्पनीकाे आईपीओमा आज साँझ ५ बजेसम्म ७ लाख ६२ हजार ५७३ जनाले ९२ लाख ७७ हजार ६८० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले साउन २३ गतेबाट प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २५७ रुपैयाँमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।
कम्पनीले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्काशन गरेको हो। जसमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ।
५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका छुट्याइएको छ। बाँकी ९६ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन्।
कम्पनीकाे आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार ४०० कित्तासम्म छिटोमा साउन २६ गते र ढिलोमा भदौ ५ गतेसम्म खरिद आवेदन दिन पाउनेछन्। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : 17:34









