कतिले पाउँछन् अप्पर लोहोरे खोलाको आईपीओ ?
२४ साउन, काठमाडाैं । अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओमा १ अर्ब ५१ करोड ३२ लाख २१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले साउन १८ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओमा साउन २२ गते अन्तिम दिनसम्म १३ लाख ४३ हजार २६ जनाले १ करोड ५१ लाख ३२ हजार २१० कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारको लागि निष्काशन गरेकाेभन्दा ७.७४ गुणा बढी हो ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकै कारण गोलाप्रथाबाट बाँडफाँड गरिनेछ। गोलाप्रथाबाट बाँडफाँड गर्दा १ लाख ९५ हजार ३२७ जनाले १०/१० कित्ताका दरले सेयर पाउनेछन् । साथै, सोहि मध्ये ९ जनाले थप १/१ कित्ता गरी ११ कित्ता सेयर पाउनेछन्
कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो। सोमध्ये १ लाख ९८ हजार ८२४ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ भने ३९ हजार ७६५ कित्ता सेयर कर्मचारीहरुका लागि र ९९ हजार ४१२ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ। कम्पनीले आयोजना प्रभाविन क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको कुल १९ लाख ५३ हजार २७९ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।
प्रकाशित मिति : 14:58









