३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

हाथवे इन्भेस्टमेन्टको आईपीओ बिहीबार बाँडफाँड हुने

२४ साउन, काठमाडाैं । हाथवे इन्भेस्टमेन्ट नेपालकाे आईपीओ भोलि साउन २५ गते बिहीबार बाँडफाँड गरिने भएको छ। कम्पनीले गत साउन ४ गतेदेखि साउन १८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेकाे आईपीओ बिहीबार बाँडफाँड हुने धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएकाे छ । आईपीओ क्यापिटलको कार्यालयमा बिहान ९ बजे  बाँडफाँड हुने छ ।

कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५ प्रतिशतले हुन आउने ५० रुपैयाँ अंकित मूल्यका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्रीको अनुमति पाएको छ। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको थियो।

प्रकाशित मिति : 13:15