रिलायबल नेपाल लाइफको आईपीओमा कति पर्याे आवेदन ?
२४ साउन, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सकाे आईपीओमा ३ लाख ६२ हजार ७९१ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार कम्पनीकाे आईपीओमा पहिलो दिनमा नै १ अर्व १४ करोड ४० लाख ८९ हजार ४७० रुपैयाँ संकलन हुँदा ४४ लाख ५१ ह्जार ७१० कित्ताको लागि आवेदन परेकाे छ ।
कम्पनीले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्काशन गरेको हो। जसमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ।
५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका छुट्याइएको छ। बाँकी ९६ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन्।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ बिक्री खुला गर्नेछ। कम्पनीकाे आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार ४०० कित्तासम्म छिटोमा साउन २६ गते र ढिलोमा भदौ ५ गतेसम्म खरिद आवेदन दिन पाउनेछन्। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : 09:58









