८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

तस्करीको बिरोध गर्दा पत्रकार महासंघकै मागमा पत्रकारविरूद्ध पक्राउ पुर्जी

२४ साउन, काठमाडाैँ । तस्करी र दलालीको बिरोध गर्दा पर्वतका पत्रकार आरके अदिप्त गिरीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । गिरीले तस्कर र दलालका बारेमा प्रतिकात्मक रूपमा सामाजिक सञ्जाल फेसबुकमा लेखेको विषयलाई लिएर नेपाल पत्रकार महासंघ पर्वतको लेटर प्याड प्रयोग गरी सात जना पत्रकारले गिरीको पक्राउ माग गरेका थिए । सोही अनुसार जिल्ला प्रहरी कार्यालय पर्वतले जिल्ला अदालत पर्वतबाट गिरीको विरूद्धमा पक्राउ गर्ने अनुमति लिएको छ ।

कालीगण्डकी बचाउ अभियानका अभियन्ता समेत रहेका गिरीले कालीगण्डकी दोहनको विषयमा विभिन्न क्षेत्रका व्यक्तिसँगै पत्रकारको पनि मिलेमतो रहेको विषय लेखेका थिए  । विद्युतीय कारोबार ऐनअनुसार पक्राउ पुर्जी जारी गरेको

पर्वतका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । गिरीले कसैको नाम नलिई पत्रकारहरूको आलोचना गरेका थिए । नदी दोहान गर्ने गिरोहसँग मिलेको उनको आरोप थियो । उजुरी गर्नेमा पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारी, जिल्ला अध्यक्ष सन्तोष थापा, पूर्व उपाध्यक्ष गणेश पौडेल लगायत रहेका छन ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार ०९:४२