११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

नेप्सेको आरोलो यात्रा कायमै, १ अर्ब ७३ करोडकाे काराेबार

२३ साउन, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार सेयर बजारमा दाेहाेराे अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज २८.४० अकंले घटेर २०१९.८५ बिन्दुमा बन्द भएको छ । मंगलबार २६५ कम्पनीको ४८ लाख ६० हजार ७४१ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ७३ करोड ७० लाख १४ हजा रुपैयाँको कारोबार भएको छ ।

आज नेपाल रिपब्लिक मिडिया र स्वरोजगार लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज ग्लोबल आईएमई डिभेञ्चारका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९ प्रतिशतले घटेको छ । यस दिन आईएमइ लाइफ इन्स्यारेन्स कम्पनीको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीको आज १७ करोड ८९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलवार १५:१७