३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

३३.५५ प्रतिशतले घट्यो माउन्टेन इनर्जीको नाफा, विद्युत बिक्री आम्दानी कति ?

२३ साउन, काठमाडाैं । माउन्टेन इनर्जी नेपालले आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ४० करोड ५९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ३३.५५ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ६१ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

कम्पनीको बिद्युत बिक्रीबाट आम्दानी पनि १.३४ प्रतिशतले घटेर कुल १ अर्ब २१ करोड ७९ लाख रुपैयाँमा पुगेकाे छ । चुक्तापुँजी १ अर्ब ९६ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन अर्निङमा १ अर्ब २० करोड रुपैयाँ रहेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर २०.६३ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३१.०५ रुपैयाँ थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ १६१.२८ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : 14:16