११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

सम्पन्न क्यापिटल र श्रीकृष्ण सेक्युरिटिज माथि धितोपत्र बोर्डको कारबाही

२३ साउन, काठमाडाैं । नेपाल धितोपत्र बोर्डले दुई वटा कम्पनीलाई कारबाही गरेको छ । साउन ११ गते बसेको बोर्ड बैठकले दुईवटा कम्पनीलाई नगद जरिवाना गराएको हो ।

बोर्डले सम्पन्न क्यापिटल एण्ड एड्भाइजरी नेपाल र श्रीकृष्ण सेक्युरिटिजलाई लाई कारबाही गरेको हो । बोर्डले सम्पन्न क्यापिटललाई १० लाख जरिवाना गराएको छ । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६को दफा १८ (१)को व्यवस्थाको परिपालना नगरेकोले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४को दफा ७फको उपदफा (१)को खण्ड (ख)बमोजिम सम्पन्न क्यापिटललाई १० लाख रुपैयाँ जरिवाना गरिएको धितोपत्र बोर्डले जनाएको छ।

यस्तै, श्रीकृष्ण सेक्युरिटिजले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४को नियम २६ को उपनियम (३)मा भएको व्यवस्था उल्लंघन गरी धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३को नियम ३८को उपनियम (१क)मा भएको व्यवस्थाविपरीत सेयर हस्तान्तरण गराएको देखिएको सेबोनले जनाएको छ। धितोपत्र बोर्डले धितोपत्रसम्बन्धी ऐन, २०६३को दफा १०१को उपदफा (६)बमोजिम श्रीकृष्ण सेक्युरिटिजलाई ५० हजार रुपैयाँ गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलवार १०:५८