नेप्सेमा ३.२१ अंकको गिरावट, दुई अर्ब ३३ करोडको कारोबार
२२ साउन, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार सेयर बजारमा झिनाे अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ३.२१ अकंले घटेर २०४८.२६ बिन्दुमा बन्द भएको छ । सोमबार ६६ लाख ४७ हजार १४३ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ३३ करोड ३५ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ ।
आज नेपाल रिपब्लिक मिडियाको सेयरमा सकरात्मक सर्किट लाएको छ । आज छ्याङ्दि हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस दिन आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।
प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार १५:२५












