१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

३९.२५ प्रतिशतले बढ्याे कृषि विकास बैंकको नाफा, लाभांश बाँड्न सक्ने क्षमता कति ?

२१ साउन, काठमाडाैं । कृषि विकास बैंकले गत आर्थिक वर्ष २०७९/८०मा खुद नाफा बढाएको छ। बैंकले  सार्वजनिक चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले ३ अर्ब ९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। याे अघिल्लो वर्षकाे यहि अवधिकाे तुलनामा ३९.२५ प्रतिशतले बढी हाे । अघिल्लो वर्ष बैंकले २ अर्ब २२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७१ लाख रुपैयाँ रहेको छ। बैंकको लाभांश बाँड्न सक्ने क्षमता १० प्रतिशत बढी देखिन्छ।  बैंकको सञ्चालन मुनाफा २६.०७ प्रतिशतले बढेर ४ अर्ब ५४ करोड रुपैयाँ रहेको छ। यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३० प्रतिशतले घटेर ८ अर्ब ८ करोड रुपैयाँ भएको छ। समीक्षा अवधिमा बैंकले १ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।

यो अवधिमा खराब कर्जा बढ्दा बैंकको इम्पेयरमेन्ट चार्ज ९१ करोड ९१ लाख रुपैयाँ रहेको छ। याे अवधिमा बैंककाे चुक्तापुँजी १८ अर्ब ८८ करोड रुपैयाँ रहेको छ ।  बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २०.६२ रुपैयाँ कायम भएको छ। बैंकको प्रतिसेयर नेटवर्थ २११.६० रुपैयाँ रहेको छ।

प्रकाशित मिति : August 6, 2023 at 2:09 am