१३ पुष २०८२, आईतवार | Sun Dec 28 2025

अन्तिम काराेबारकाे दिन शिवम् सिमेन्टसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता

१८ साउन, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजारमा झिनाे अंककाे सुधार आएकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.०० अकंले बढेर २०८९.८४ बिन्दुमा बन्द भएको छ । आज एक अर्ब ७८ करोड १९ लाख बराबरको कारोबार भएको छ ।

आज सेयर बजारमा सुधार आउँदा सबैभन्दा बढी शिवम् सिमेन्टकाे कारोबार भएको छ । कम्पनीको यस दिन ९ करोड २३ लाख ६८ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, सिएचडिसी हाइड्रोपावरको ५ करोड ५४ लाख ६० हजार रुपैयाँ ,आइसीएएफसी फाइनान्सको ५ करोड २ लाख ९ हजार रुपैयाँ, प्रोग्रेसिभ फाइनान्सको ५ करोड २६ हजार रुपैयाँ र नेपाल पुर्नबीमा कम्पनीको ४ करोड ९४ लाख ७ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार १५:१९