९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026
http://kk5.io/NADA2026

गणपती वनस्पती र नबिल बैंकबीच च्यानल फाइनान्सिङ सम्झौता

१७ साउन, काठमाडाैं । नबिल बैंक लिमिटेडले लक्की ग्रुपअन्तर्गतको खाने तेल प्रशोधन गर्ने उद्योग गणपती वनस्पती लिमिटेडका आधिकारिक डिलर तथा बिक्रेताहरुलाई च्यानल फाइनान्सिङ सुविधा दिने भएको छ।

मंगलबार राजधानीको एक होटलमा आयोजित कार्यक्रममा गणपती वनस्पतीका तर्फबाट कम्पनीका अध्यक्ष तथा लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोर र नबिल बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले उक्त सुविधा प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

कार्यक्रममा कम्पनीका तर्फबाट लक्की ग्रुपका अध्यक्ष सतिशकुमार मोर, उपाध्यक्षद्वय श्रवणकुमार मोर र राजकुमार मोरका साथै कार्यकारी निर्देशकहरु अनन्ता मोर, क्रषिराज मोर, राजीव मोर र कम्पनीका उच्च पदस्थ कर्मचारीको उपस्थिति थियो। बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृतहरु मनोज ज्ञवाली, सुजित शाक्य, भुपेन्द्र पाण्डे, कर्पोरेट हेड ज्ञानेन्द्र शाहलगायतका कर्मचारीको उपस्थिति थियो।

प्रकाशित मिति : August 2, 2023 at 3:33 pm