शिवम् सिमेन्टसहित यी कम्पनीका झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?
१७ साउन, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजारमा झिनाे अंकको सुधार आएकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२५ अकंले बढेर २०८६.८४ बिन्दुमा बन्द भएको छ । आज एक अर्ब ८१ करोड २४ लाख बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा सुधार आउँदा शिवम् सिमेन्ट्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ११ करोड १५ लाख ७० हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, सानिमा बैंकको ८ करोड ९० लाख ३७ हजार रुपैयाँ ,प्रोग्रेसिभ फाइनान्सको ६ करोड ९० लाख ९९ हजार रुपैयाँ, अपर तामाकोशी हाइड्रोपावरको ५ करोड ९१ लाख ४० हजार रुपैयाँ र सोल्टी होटलको ५ करोड २७ लाख २५ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार १५:१२












