११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

अपर तामाकोशी हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, अन्य कुनकाे कति भयाे काराेबार ?

१६ साउन, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार पनि सेयर बजारमा उच्च अंककाे गिरावट आएकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.५९ अकंले घटेर २०७७.५८ बिन्दुमा बन्द भएको छ । आज २६२ कम्पनीको ६० लाख १५ हजार ६७ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सेयर बजारमा गिरावट आउँदा अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ८ करोड ७२ लाख २६ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको ७ करोड ९ लाख २१ हजार रुपैयाँ ,सोल्टी होटलको ६ करोड २६ लाख ७ हजार रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको ५ करोड १६ लाख ६२ हजार रुपैयाँ र ज्योति विकास बैंकको ५ करोड २ लाख ४६ हजार रुपैयाँको कारोबार भएको हो ।

 

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलवार १५:११