आज शिवम् सिमेन्ट्सहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनकाे कति भयाे काराेबार ?
१५ साउन, काठमाडाैं । निरन्तर पाँच दिनदेखि ओरालाे लागेकाे सेयर बजार आज साेमबार भने बढेकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.८४ अकंले बढेर २१०६.१८ बिन्दुमा बन्द भएको छ । आज २६२ कम्पनीको ५५ लाख ३१ हजार ७३७ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ८५ करोड ८० लाख २ हजार १७५ रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा सुधार आउँदा सबैभन्दा बढी शिवम् सिमेन्ट्सको कारोबार भएको छ । आज कम्पनीको ८ करोड ८८ लाख ६६ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, सोल्टी होटलको ५ करोड ४७ लाख ६० हजार , एसियन लाइफ इन्स्योरेन्सको ४ करोड ९१ लाख ९० हजार रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको ४ करोड ६१ लाख ३३ हजार रुपैयाँ र एनआइसी एशिया बैंकको ४ करोड ३० लाख ३१ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार १५:२०












