१२ पुष २०८२, शनिबार | Sun Dec 28 2025

लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फण्डको लाभांश घोषणा

१५ साउन, काठमाडाैं । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजना लाभांश घोषणा गरिएको छ। लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको आर्थिक वर्ष २०७९/८०का लागि लाभांश घोषणा गरिएको हो।

कोष व्यवस्थापक लक्ष्मी क्यापिटलको आइतबार बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । क्यापिटलले लक्ष्मी इक्विटी फण्डका इकाईधनीहरुलाई आर्थिक वर्ष २०७९/८० को लागि कर सहित ८ प्रतिशत र लक्ष्मी उन्नति कोषका इकाईधनीहरुलाई आर्थिक वर्ष २०७९/८० को लागि कर सहित ९.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कोष प्रवर्द्ध लक्ष्मी सनराइज बैंक र योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट रहेका लक्ष्मी उन्नति कोषका इकाइधनीहरुलाई ९.५ प्रतिशत नगद लाभांश (करसहित) र लक्ष्मी इक्विटी फन्डका इकाइधनीहरुलाई ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरिएको छ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार ११:१६