६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

१५ साउन, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ४५५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार ११:११