११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, आज कुनको कति भयो कारोबार ?

१४ साउन, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार सेयर बजारमा दाेहाेराे अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.१४ अकंले घटेर २१००.३४ बिन्दुमा आइपुगेको छ । आज २६६ कम्पनीको ६८ लाख ६० हजार ४२ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ५० करोड २८ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सेयर बजारमा गिरावट आउँदा सबैभन्दा बढी शिवम् सिमेन्ट्सको कारोबार भएको छ । आज कम्पनीको १४ करोड ७८ लाख ७४ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, सोल्टी होटलको ११ करोड ९९ लाख १५ हजार रुपैयाँ, एभरेष्ट बैंकको १० करोड २० लाख ६२ हजार रुपैयाँ, हिमालयन डिस्टीलरीको ६ करोड ५ लाख ९८ हजार रुपैयाँ र सूर्यज्योति लाइफ इन्स्योरेन्सको ५ करोड ९५ लाख ५ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आईतवार १५:१६