१२ पुष २०८२, शनिबार | Sun Dec 28 2025

नेप्सेमा ५ कम्पनीकाे बाेनस सेयर सूचिकृत, कुनकाे कति ?

१२ साउन, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विभिन्न ५ कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । नेप्सेमा साउन ३ गतेदेखि १२ गतेसम्ममा विभिन्न ५ कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे हाे ।

१) एनएमबि लघुवित्त

नेप्सेमा एनएमबि लघुवित्तको १० प्रतिशत बाेनस बापतकाे ६ लाख ५५ हजार ८६२.८६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

२) मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था

नेप्सेमा कम्पनीकाे ४.७५ प्रतिशत बोनस बापतकाे कुल ६७ हजार ३२९.११ कित्ता बोनस सेयर सूचीकृत भएको हाे ।

३) नेशनल लाइफ इन्स्योरेन्स

नेप्सेमा कम्पनीको ८ प्रतिशत बोनस बापतको ३७ लाख १२ हजार ३४५.५० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

४) हिमालयन लघुवित्त

नेप्सेमा कम्पनीकाे ११ प्रतिशत बाेनस बापतकाे ३ लाख १६ हजार ९३६.८८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

५) काबेली पावर लिमिटेड

नेप्सेमा लघुवित्तको १० प्रतिशत बाेनस बापतकाे १८ लाख ५५ हजार २११ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार १५:५१