नेप्सेमा दुई कम्पनीकाे मूल्य समायोजन, कुनको कतिमा खुल्छ काराेबार ?
११ साउन, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज दुई कम्पनीकाे सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड र सीनर्जी पावर कम्पनी लिमिटेडको हकप्रद सेयरपछिको मूल्य समायोजन गरिएको हो ।
१) मल्टीपर्पस फाइनान्स कम्पनी
नेप्सेमा कम्पनीकाे ३५ प्रतिशत हकप्रदपछि प्रतिकित्ता ३ सय १८ रूपैयाँ ३७ पैसा कायम हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ३ सय ९४ रूपैयाँ ८० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।
२) सीनर्जी पावर कम्पनी लिमिटेड
नेप्सेमा कम्पनीकाे ५० प्रतिशत हकप्रदपछि प्रतिकित्ता २ सय ३ रूपैयाँ ३३ पैसा कायम हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २ सय ५५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । सोही मूल्यको आधारमा नै यी दुई कम्पनीकाे अब आइतबार सेयरबजारमा कारोबार खुल्नेछ ।
प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार १६:५२












