२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

कुमारी बैंककाे २ लाख ४० कित्ता सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?

११ साउन, काठमाडाैं । कुमारी बैंकले केही संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले विभिन्न संस्थापक सेयधनीकाे नाममा रहेकाे २ लाख ४० हजार १०१ कित्ता सेयर बिक्रीमा राखेको हो।

बैंकले बिक्रीमा राखेकाे साे सयरमा हाललाई विद्यमान सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयधनीहरूले ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल र टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्।

तोकिएको समय अवधिभित्र साे सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि  आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : July 27, 2023 at 10:11 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/