३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

एनआईसी एशिया क्यापिटलले बाेलायाे वार्षिक साधारणसभा, ४६ प्रतिशत लाभांश प्रस्ताव पारित हुने

१० साउन, काठमाडाैं । एनआईसी एशिया क्यापिटलले आफ्नो सातौँ वार्षिक साधारणसभा बाेलाएकाे छ । कम्पनीकाे साउन ९ गते बसेकाे सञ्चालक समितिको बैठकले साउन ३२ गते वार्षिक साधारणसभा बाेलाउने निर्णय गरेको हो। सभा काठमाडाैंकाे थापाथलीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ९ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७९/८०का लागि सञ्चालक समितिबाट प्रस्तावित चुक्तापुँजीको ४६ प्रतिशत (करसहित)का दरले हुन आउने ९ करोड २० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असारसम्मको वासलात र आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार ११:५७