१२ पुष २०८२, शनिबार | Sat Dec 27 2025

आज यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक

९ साउन, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार पनि सेयर बजारमा उच्च अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.२९ अंकले घटेर २२६४.३१ बिन्दुमा बन्द भएकाे छ । मंगलबार २६७ कम्पनीको ७७ लाख १६ हजार २७७ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ९१ करोड ७ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ ।

शेयर बजार घटेसँगै आज नबिल डिभेञ्चर २०८५ को सेयर मूल्य सर्वाधिक घटेको छ । त्यस्तै, बिपिडब्लु लघुवित्त, सानिमा डिभेन्चर, सिटिजन्स बैंक लगायत कम्पनीको सेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलवार १५:४३