५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

सुन तस्करी प्रकरणः त्रिभुवन विमानस्थल भन्सार प्रमुख फेरिए, पोखरेलकाे ठाउँमा पाण्डे नियुक्त

९ साउन, काठमाडाैं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलकाे भन्सार प्रमुखमा टोकराज पाण्डे नियुक्त भएका छन् । गत आइतवार मात्रै अर्थ मन्त्रालयमा सरुवा भएका पाण्डे त्यसअघि निजामती राष्ट्रिय किताबखानाका महानिर्देशक थिए।

अर्थमन्त्री डा. प्रकाश शरण महतले पाण्डेलाई त्रिभुवन विमानस्थल भन्सार प्रमुखमा नियुक्त गरेका हुन्। यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर पाण्डेलाई जिम्मेवारी दिइएको अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँच पास भइसकेर १०० केजी सुन भित्रिँदा भन्सार प्रमुख पोखरेल बिदामा थिए। पोखरेल दुई महिने बिदामा रहेकै समयमा साउन ३ गते विमानस्थल पार गरेर १०० केजी सुन सिनामंगलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

प्रकाशित मिति : July 25, 2023 at 3:59 pm