५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

यातायात क्षेत्र सुधार गर्न ११ बुँदे घोषणपत्र जारी, भदौदेखि सबै यातायात कार्यालयमा अनलाइन सेवा

९ साउन, काठमाडाैं । सरकारले यातायात क्षेत्रलाई व्यवस्थित र सुधार गर्न ११ बुँदै घोषणा गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सातै प्रदेशका प्रदेश सरकारले यातायात क्षेत्र सुधारका लागि  ११ बुँदे धुलिखेल घोषणा पत्र जारी गरेकाे हाे ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यातायात क्षेत्र सुधार र कार्यान्वयन योजना बनाउन सातै प्रदेशका यातायातमन्त्री, सचिव र दुई प्रदेशका मुख्यमन्त्रीलाई काभ्रेको धुलिखेलमा बोलाएका थिए ।

यातायात क्षेत्रका समस्या पहिचान गरी ती समस्याको मिति नै तोकेर समाधन खोज्नेगरी घोषणा पत्र जारी भएको छ । घाेषणा पत्रमा भदौदेखि सबै यातायात कार्यालय अनलाइन मार्फत सेवाप्रवाह गर्ने, अनलाइन भुक्तानी, प्रमुख बिषय समेटिएको छ ।

सवारी चालक अनुमति पत्र (स्मार्टकार्ड)को छपाई, इम्बाेस्ड नम्वर प्लेट, पुराना सवारी साधनको लगत कट्टा, रायड सेयरिङ, विदेशी सवारी चालकको नेपालीकरण, वैज्ञानिक भाडादर निर्धारण जस्ता ११ विषयमा घोषणा पत्र जारी गरेको छ ।

त्यस्तै २०८० कात्तिकभित्र सरकारी सवारीसाधनका सबै गाडीमा इम्बोस्ड नम्वर प्लेट जडान गरी पछि निजी क्षेत्रकोमा अनिवार्य गर्ने घोषणापत्रमा उल्लेख छ ।

विद्युतीय सवारीसाधन दर्ता प्रणाली (भीआरएस)लाई विस्थापन गरी ईडीएल भीआरएस परियोजनाअन्तर्गत विभागबाट व्यवस्था गरिएको प्रणालीलाई भदौदेखि लागू गर्ने, स्मार्टकार्ड प्रदेशस्तरमा नै छपाई गरी वितरण गर्न बजेट व्यवस्था गरेका प्रदेश वाग्मती, मधेस, कोशी र कर्णालीमा प्रिन्टर तथा कार्ड खरिद अघि बढाउने, राइड सेयरिङ सेवाको कानुन बनाएर नियमन गर्ने विषय घोषणापत्रमा समेटिएको छ ।

प्रकाशित मिति : July 25, 2023 at 2:22 pm