१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनकाे कति भयाे काराेबार ?

८ साउन, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार सेयर बजारमा दाेहाेराे अंकले गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.६६ अंकले घटेर २२००.५० बिन्दुमा बन्द भएकाे छ । सोमबार २६५ कम्पनीको २ करोड ९ लाख ७९ हजार ८८७ कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब ७३ करोड ७६ लाख ८ हजार ८१० रुपैयाँको कारोबार भएको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीकाे २५ करोड ५६ लाख ६९ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकको १९ करोड १६ लाख ४८ हजार रुपैयाँ, प्रभु बैंकको १५ करोड १९ लाख ८६ हजार रुपैयाँ, शिवम् सिमेन्ट्को १३ करोड ३९ लाख २० हजार रुपैयाँ र कुमारी बैंकको १३ करोड १४ लाख १८ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार १५:१४