लगातार घट्दै सुनकाे मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
८ साउन, काठमाडाैं । नेपाली बजारमा आज लगातार तेस्रो काराेबारकाे दिन पनि सुनको मूल्यमा गिरावट आएको छ। गत शुक्रबारदेखि सुनको मूल्यमा निरन्तर गिरावट आइरहेको छ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ।
अघिल्लाे काराेबारकाे दिन आइतबार पनि सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको छ।
आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ४६५ रुपैयाँ कायम भएको
प्रकाशित मिति : July 24, 2023 at 11:12 am









