३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

५० लाखसम्म सेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भार

७ साउन, काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर धितो कर्जामा ५० लाखसम्मको लागि १०० प्रतिशतसम्म जोखिम भार लाग्ने बताएका छन्। आइतबार मौद्रिक नीति सार्वजनिक भएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्ताे बताएका हुन् ।

यसअघि २५ लाखसम्मकाे सेयर धिताे कर्जामा जाेखिम भार १०० प्रतिशत रहेकाे थियाे । केन्द्रीय बैंकले आइतबार सार्वजनिक भएको मौद्रिक नीतिमा सेयर धितो कर्जा, रियल स्टेट कर्जा र हायर पर्चेज कर्जाको जोखिमभार सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिने उल्लेख गरेको छ ।

प्रकाशित मिति : 16:40