१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, आज कतिमा हुँदैछ कारोबार?

४ साउन, काठमाडाैं । नेपाली बजारमा सुन तथा चाँदीको मूल्य बढ्ने क्रम जारी छ। बिहीबार सुनको मूल्यले फेरि ऐतिहासिक रेकर्ड राखेको छ। यो मूल्य हालसम्मकै उच्च हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १३ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १३ हजार ५० रुपैयाँ कायम भएको छ।

यसअघि गत जेठ १९ गते सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको थियो। साे दिन छापावाल सुन प्रतितोला १ लाख १३ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

अघिल्लाे काराेबारकाे दिन पनि सुनकाे मूल्य तोलामा ६०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १३ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि नयाँ उचाइमा पुगेको छ। बिहीबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ४९५ रुपैयाँ कायम भएको छ।बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : July 20, 2023 at 11:11 am