२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से

४ साउन, काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ।अघिल्लो कारोबार दिन बुधबार ११.१७ अंकले बढेर २१६५.२४ विन्दु बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.४६ अंकले बढेर २१६५.७० विन्दुमा पुगेको छ।

बिहीबार प्रि ओपन सेसनमा २३ स्टकको ३० लाख ४४ हजार ९९६ रुपैयाँ ४० पैसा बराबरको ६ हजार ६७२ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : 10:59