२ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026

प्रतिकित्ता ५० रुपैयाँमा हाथवे इन्भेस्टमेन्टको आईपीओमा बिक्री खुला, कति दिने आवेदन ?

४ साउन, काठमाडाैं । हाथवे इन्भेस्टमेन्ट नेपालले आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आज साउन ४ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेकाे हाे ।

कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५ प्रतिशतले हुन आउने ५० रुपैयाँ अंकित मूल्यका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्रीको अनुमति पाएको छ। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको हो।

यो आईपीओमा विदेशमा रहेका श्रमिकले न्यूनतम २० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि साउन १८ गतेसम्म खरिद आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी आईपीओ पूर्ण रुपमा बिक्री नभएमा सर्वसाधारणका लागि छुट्याइएको आईपीओमा जोडेर निष्कासन गरिने पनि कम्पनीले जनाएको छ।

कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : 09:31