नेप्सेमा थप १८ लाख ५५ हजार कित्ता बाेनस सेयर सूचीकृत
३ साउन, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज काबेली पावर लिमिटेडको बोनश सेयर सूचीकृत भएको छ । नेप्सेमा लघुवित्तको १० प्रतिशत बाेनस बापतकाे १८ लाख ५५ हजार २११ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गरेको बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो । सूचिकृतपश्चात उक्त सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरबजारमा कारोबार गर्न सकिनेछ ।
प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार १६:२८












