११ पुष २०८२, शुक्रबार | Sat Dec 27 2025

यूनाइटेड अजोड इन्स्योरेन्सको सेयरमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

३ साउन, काठमाडाैं । साताकाे चौथो काराेबारकाे दिन आज बुधबार सेयर बजारमा दोहोरो अंककाे सुधार आएकाे छ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ११.१७ अंकले बढेर नेप्से दुई हजार एक सय ६५ दशमलब २४ विन्दुमा पुगेर बन्दा भएकाे । आज तीन अर्ब ३४ करोड ८६ लाख बराबरको कारोबार भएको छ ।

आज सेयर बजारमा सुधार आउँदा सबैभन्दा बढी यूनाइटेड अजोड इन्स्योरेन्सको कारोबार भएको छ । आज कम्पनीको २३ करोड ५७ लाख ४५ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, एनआइसी एशिया बैंकको १४ करोड ७० लाख ८२ हजार रुपैयाँ शिवम् सिमेन्ट्सको १३ करोड ८८ लाख ७६ हजार रुपैयाँ, फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको ८ करोड ६७ लाख ८४ हजार रुपैयाँ र हिमालयन लाइफ इन्स्योरेन्सको ८ करोड ४२ लाख ४ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार १५:२०