१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

२ साउन, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे मंगलबार सेयर बजार सामान्य अंकले बढेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ९.९१ अंकले बढेर दुई हजार एक सय ५४ दशमलब ७ विन्दुमा पुगेको छ । आज तीन अर्ब ५४ करोड ८८ लाख बराबरको कारोबार भएको छ ।

आज सेयर बजारमा सुधार आउँदा सबैभन्दा बढी स्वाबलम्बन लघुवित्तको कारोबार भएको छ । आज कम्पनीको २१ करोड ७७ लाख ३९ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको १७ करोड ९८ लाख ६१ हजार रुपैयाँ , हिमालयन लाइफ इन्स्योरेन्सको १५ करोड ६३ लाख ९० हजार रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ११ करोड ६६ लाख ११ हजार रुपैयाँ र एसियन लाइफ इन्स्योरेन्सको १० करोड २३ लाख ७१ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलवार १५:१९