१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

नेप्सेमा एक कम्पनीको सेयर सूचीकृत, ओपनिङ रेन्ज कति ?

३१ असार, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार १ कम्पनीको सेयर सूचीकृत भएको छ । नेप्सेमा आज यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सेयर सूचीकृत भएको हो ।

मर्जरपछि युनाइटेड अजोडको नाममा कुल १ लाख ९० हजार ४५ हजार ६८० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हाे। कम्पनीको सेयरलाई नेप्सेले पहिलो कारोबारको लागि प्रतिकित्ता ४८९.४९ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।  । सोही आधारमा सोमबारदेखि कम्पनीको सेयर कारोबार खुल्नेछ ।

साथै, यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट धितोपत्रको सूचीकरण गरी मर्जर प्रयोजनको लागि रोक्का रहेको उक्त कम्पनीको सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएकाे छ ।

प्रकाशित मिति : ३१ असार २०८०, आईतवार १६:४८