चालू आवको अन्तिम कारोबारकाे दिन यी कम्पनीको भयो सर्वाधिक खरिदबिक्री
३१ असार, काठमाडाैं । चालु आर्थिक वर्ष २०७९/८० को अन्तिम कारोबार दिन सेयर बजारमा दाेहाेराे अंककाे सुधार आएकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.१६ अंकले बढेर दुई हजार ९७ दशमलब ९ विन्दुमा बन्द भएको छ । आज दुई अर्ब ३७ करोड ६४ लाख बराबरको कारोबार भएको छ ।
आज शिवम सिमेन्टको सेयर कारोबार सर्वाधिक भएको छ । कम्पनीको १९ करोड रुपैयाँको सेयर खरिद बिक्री भएको छ । त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको १५ करोड रुपैयाँको कारोबार भएको छ । साथै, आज माउण्टेन इनर्जी नेपाल, हिमालयन एभरेष्ट इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स लगायत अन्य कम्पनीहरुको शेयर कारोबार सर्वाधिक भएको छ ।

प्रकाशित मिति : ३१ असार २०८०, आईतवार १५:१४












