नेप्सेमा थप ३ लाख २९ हजार कित्ता बोनस सेयर सूचीकृत
३१ असार, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक कम्पनीकाे बाेनस सेयर सूचीकृत भएको छ । नेप्सेमा किसान लघुवित्त वित्तीय संस्थाको ७ प्रतिशत बोनस सेयर बापतकाे कुल ३ लाख २९ हजार ९५९.३७ कित्ता बोनस सेयर सूचीकृत भएको हाे ।
कम्पनीले गत आर्थिक वर्षका लागि वितरण गरेको ७ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
प्रकाशित मिति : ३१ असार २०८०, आईतवार १२:४७












