११ पुष २०८२, शुक्रबार | Sat Dec 27 2025

अन्तिम काराेबारकाे दिन शिवम् सिमेन्टसहित यी कम्पनीको भयो सर्वाधिक खरिदबिक्री

२८ असार, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजारमा गिरावट आएकाे छ । आज नेप्से १२.६२ अंकले घटेर दुई हजार ८४ दशमलब ९३ विन्दुमा बन्द भएको हो । आज दुई तीन अर्ब ३९ करोड ६ लाख बराबरको कारोबार भएको छ ।

आज सेयर बजार गिरावट आउँदा सबैभन्दा बढी शिवम् सिमेन्ट्सको कारोबार भएको छ । आज कम्पनीको २३ करोड ७५ लाख ९३ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, सोल्टी होटलको १७ करोड ९२ लाख ९४ हजार रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको १६ करोड १५ लाख ९ हजार रुपैयाँ, नेपाल दुरसंचार कम्पनीको ११ करोड ८४ लाख ४८ हजार रुपैयाँ र चिलिमे हाइड्रोपावरको ७ करोड ५० लाख ९० हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार १५:१६