१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

नेप्सेमा ६० अर्बको ऋणपत्र सूचिकृत

२८ असार, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल राष्ट्र बैंकले निष्कासन गरेकाे विभिन्न ५ वटा विकास ऋणपत्र सूचिकृत भएको छ । नेप्सेमा २०८४ ‘ट’ नामकाे २० अर्ब रूपैयाँ बराबरकाे, २०८५ ‘ज’ नामकाे १० अर्ब रूपैयाँ बराबरकाे, २०८५ ‘झ’ नामकाे १० अर्ब रूपैयाँ बराबरकाे, २०८६ ‘ङ’ नामकाे १० अर्ब रूपैयाँ बराबरकाे र २०८६ ‘च’ नामकाे १० अर्ब रूपैयाँ बराबरकाे गरी कुल ६० अर्बकाे विकास ऋणपत्र सूचिकृत भएको छ ।

नेप्सेले धितोपत्र सूचिकरण विनियमावली २०७५, काे विनियम ८ अनुसार उक्त ऋणपत्रहरू सूचिकृत गरेकाे हाे ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार १४:४६