१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

नेप्सेबाट सञ्चालन अनुमति पाएका सात ब्रोकरले गरे मक ट्रेडिङ

२५ असार, काठमाडाैँ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट सञ्चालन अनुमति पाएका ७ वटा ब्रोकर कम्पनीहरुले सोमबारदेखि परीक्षण (मक) ट्रेडिङ सुरु गरेका छन् । आइतबाट उनीहरूले मक ट्रेडिङ सुरु गरेको नेप्सेले जनाएको छ।

मक ट्रेडिङ एक किसिमको परीक्षण ट्रेडिङ हो। जसमा वास्तविक कारोबार भने हुँदैन। उक्त कारोबार परीक्षणको लागि गराइएको हो। सो परीक्षणमा केही त्रुटि देखिए नेप्सेले सच्याउन लगाउने छ भने त्रुटि नदेखिए नेप्सेले कारोबार सुचारु गर्ने अनुमति दिने छ। उक्त परीक्षण कति दिनमा सकिने भन्ने विषय भने यकिन गर्न नसकिने नेप्सेको भनाई छ। जुन ब्रोकर कम्पनीले जति छिटो परीक्षण पास गर्छन् त्यति छिटो कारोबार अनुमति पाउने बताइएको छ।

सञ्चालन अनुमति पाएर मक ट्रेडिङ सुरु गर्ने सात ब्रोकर कम्पनीहरुमा भोले गणेश सेक्युरिटीज, क्यापिटल म्याक्स सेक्युरिटीज, हिमालयन ब्रोकरेज र सन सेक्युरिटीज रहेका छन् । यसैगरी, मियो सेक्युरिटीज, सेयरप्रो सेक्युरिटीज र प्रोपर्टी विर्जाड पनि रहेका छन् ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार १६:४३