१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

साेमबार सोल्टी होटलसहित यी कम्पनीकाे भयो सर्वाधिक कारोबार, कुनको कति ?

२५ असार, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार सेयर बजारमा झिनाे अंककाे गिरावट आएकाे छ ।  आज नेप्से ०.८० अंकले घटेर दुई हजार ९६ दशमलब ९६ विन्दुमा पुगेको छ । आज तीन अर्ब ७९करोड ७९ लाख बराबरको कारोबार भएको छ ।

आज सेयर बजार गिरावट आउँदा सबैभन्दा बढी सोल्टी होटलको कारोबार भएको छ । यस दिन कम्पनीको ३३ करोड १२ लाख ९० हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको २४ करोड ९१ लाख ८६ हजार रुपैयाँ, प्राइम कमर्सियल बैंकको २४ करोड ८९ लाख ५० हजार रुपैयाँ, शिवम् सिमेन्ट्सको १५ करोड ५१ लाख ५३ हजार रुपैयाँ र सिटी होटलको ९ करोड १ लाख ६२ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार १५:१६