नेप्सेमा एक कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन, सोमबार कतिमा खुल्छ काराेबार ?
२४ असार, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) माअरुण काबेली पावरको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेमा कम्पनीकाे १०० प्रतिशत हकप्रद पछि २१७ रुपैयाँ ७५ पैसामा मूल्य समायोजन गरेको हो ।
नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३३५ रुपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै अब भोली सोमबार सेयरबजारमा कारोबार खुल्नेछ ।
प्रकाशित मिति : २४ असार २०८०, आईतवार १६:२०












