११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

नेप्सेमा चार कम्पनीकाे सेयर सूचीकृत, कुनकाे कति ?

२२ असार, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा  विभिन्न ४ कम्पनीकाे सेयर सूचीकृत भएको छ । नेप्सेमा याे साता  दुई कमपनीकाे  आईपीओ एक कमपनीकाे सेयर र एक कम्पनीकाे बाेनस सेयर सूचीकृत भएको हाे ।

१) रावा इनर्जी डेभलपमेन्ट लिमिटेड

नेप्सेमा रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको २८ लाख कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको सेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ८३.१० देखि २४९.३० रुपैयाँ ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।

२) मोदी इनर्जी लिमिटेड

नेप्सेमा मोदी इनर्जी लिमिटेडको २ करोड ९० लाख कित्ता सेयर सूचिकृत भएको हो ।कम्पनीको सेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ९२.५७ देखि २७७.७१ रुपैयाँ ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।

३) सिवाईसी नेपाल लघुवित्त

नेप्सेमा साविकको सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तबीच मर्जर पश्चात कायम हुन आएको सेयर सूचीकृत भएको हाे । सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त १ः०.७० सेयर स्वाप रेसियोमा मर्ज भएका हुन्। मर्जरपछि सिवाईसी नेपाल लघुवित्तको नाममा कुल १० लाख ८२ हजार ९०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

४) जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था 

नेप्सेमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बोनस बापतको २ लाख २१ हजार ८ सय ५९ कित्ता सेयर सूचिकृत भएको हो ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार १५:०९