९ पुष २०८२, बुधबार | Thu Dec 25 2025

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

१८ असार, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार नेपाली बजारमा सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य ताेलामा १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १० हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने स्थिर रहँदै तोलाको १ हजार ३७० रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको मूल्य  तोलामा १० रुपैयाँले बढेर १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार १०:५८