६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

बिहीबार पनि घट्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

१४ असार, काठमाडाैं । साताकाे पाँचाैं काराेबारकाे दिन बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ९०० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन बुधबार पनि सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य स्थिर रहँदै १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार १०:५०