६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

तेस्रो दिन पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१२ असार, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य बणेकाे छ । लगातार तिन दिनदेखि सुनकाे मूल्य बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन सोमबार पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँ तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ। साेमबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : १२ असार २०८०, मंगलवार १०:५८