१२ चैत्र २०८२, बिहीबार | Fri Mar 27 2026

साफ च्याम्पियनसिपको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै

१२ असार, काठमाडौं । भारतमा जारी १४औं संस्करणको साफ च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।

खेल भारतको बेंग्लोरस्थित कान्तिराव स्टेडियममा नेपाली समयअनुसार अपराह्न ३ः४५ बजेदेखि सुरु हुनेछ। यसअघिका दुवै खेलमा हार बेहोरेको नेपाल पहिलो जितको खोजीमा रहनेछ। समूह ‘ए’अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल कुवेतसँ ग ३–१ गोलले पराजित भएको थियो।

यस्तै, दोस्रो खेलमा भारतसँग २–० गोले पराजित हुँदै नेपाल एक खेल अघि नै बाहिरिएको थियो। पाकिस्तान पनि भारत र कुवेत दुवैसँग समान ४–० गोलको हार बेहोरेर प्रतियोगिको सेमिफाइनलबाट बाहिरिसकेको छ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलवार १०:११