६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

साेमबार पनि बढ्यो सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

११ असार, काठमाडाैं । साताकाे दाेस्राे काराेबार दिन साेमबार पनि नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर छापावल सुन प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे आइतबार पनि सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार ११:०६