५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

अन्तिम कारोबार दिन पनि घट्यो सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

८ असार, काठमाडाैं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवस्था महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएकाे छ ।

अघिल्लाे काराेबारकाे दिन बिहीबार पनि सुनको मूल्य ताेलामा ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर १ हजार ३३५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर चाँदी १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार ११:०२